Monday, October 29, 2012

नेता जैसवालद्वारा आत्महत्या


काँकडभिट्टा(झापा), कार्तिक १३ - मधेसी जनअधिकार फोरम (भाग्यनाथ गुप्ता समूह) को भ्रातृ सङ्गठन मधेसी युवा फोरमका केन्द्रीय अध्यक्ष कैलाश चौधरी जैसवालले आत्महत्या गरेका छन् । भद्रपुर–८ निवासी ३८ वर्षीय चौधरीले शनिबार अपरान्ह ४:३० बजे आफ्नै साइकल पसलभित्र झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जैसवालको एक श्रीमती र दुई छोरा छन् । आत्महत्याको बेला श्रीमती दुई छोरासहित भारतको सिलगुढीस्थित माइती गएकी थिइन् । आत्महत्याको भोलिपल्ट आइतबार जैसवालको कोठाबाट प्रहरीले एक टिपोट फेला पारेको छ । पारिवारिक स्रोतका अनुसार जैसवाल केही दिनअघिदेखि राजनीतिक विषयका कारण तनावमा थिए । रासस

No comments:

Post a Comment